गोरखा – गोरखामा पहिलो पटक ब्यवसायीक कालिज पालन सुरु गरिएको छन् ।
गोरखा नगरपालिका ९ को दलभञ्ज्याङमा स्थानिय धनमायाँ बस्नेतले ब्यसायीक कालिज पालन सुरु गरेका हुन् ।
कालिजको चल्ला धादिङबाट ल्याएर बस्नेतले आफ्नो निजी जंगलमा ब्यवसायीक रुपमा पाल्न सुरु गरेका हुन् । ‘यो ब्यवसाय राम्रै हुन्छ भन्ने सुनेको थिए । त्यसैले छोरालाई भनेर धादिङबाट चल्ला ल्याउन लगाएर पाल्न सुरु गरेको’ धनमायाँले बताईन् । जिल्लामा नै पहिलो पटक भएका कारण यो ब्यवसायले राम्रै मुनाफा दिने उनको आशा रहेको छ ।
उनले आफ्नो निजी जंगल मध्ये साधे ४ रोपनी जमिनमा जाली (नेट)ले बेरेर कालिन पालन सुरु गरेका हुन् । पहिलो चरणमा उनले १५० वटा चल्ला हालेर कामको सुरुवात गरेकी छिन् ।
ब्यवसाय सुरु गरेको २ महिनामा नै उनले ७ वटा भन्दा बढी कालिज बिक्री गरिसकेकी छिन् । उनले प्रति गोटा कालिज ४ हजार रुपैयाँमा बिक्री गरेको बताईन । ‘चल्लाका हालेको २ महिनामा नै कालिज खरिद गर्न घरमा नै मानिस आउन थालेको र प्रति गोटा ४ हजार लिएर बेचेको’ धनमायाँले बताईन । ‘पुष माघमा यसले अण्डा पार्ने हुदा अब चल्ला उत्पादन गरेर ब्यवसाय बृद्वि गर्ने’ योजना धनमायाँले सुनाईन् ।
सामान्यत कालिजले ६ महिनामा अण्डा दिन थाल्ने गर्दछ । जंगलमा बसेर किरा, फटेग्रा र धमिरा खाएर बाच्ने यो प्रजातिको अहिले नेपालमा ब्यवासयी पालनमा सर्व साधारणहरुले चासो दिन थालेको छ ।
भरर्खरै मात्र यो कामको थालनी गरेका उनले यो ब्यसायका लागि मात्र १२ लाख रुपैयाँ खर्च भएको बताईन । राम्रै फाइदा दिन्छ भन्ने कुरा सुनेकोले ब्यवसाय सुरु गरेको र केही महिना भित्रै यो ब्यवसायलाई वृद्विगर्दै लैजाने योजनामा धनमायाँ रहेकी छिन् ।








