दमौली – गोरखाबाट पोखराको लागि छुटेको बसबाट खस्दा १६ बर्षिय बालक घाईते भएका छन् ।
मंगलबार तनहुँको म्याग्दे गाउँपालिका ४ को थर्पुमा ना.५ख ४६७ नम्बरको यात्रुबाहक बसबाट खस्दा म्याग्दे ७ का १६ बर्षिय सोना थापा घाईते भएका हुन् ।
तनहुँ प्रहरीका अनुसार बस ओरालो सडकमा गुडी रहेको बेला ढोकाबाट खस्न पुग्दा थापा घाईते भएको हो ।
थापालाई म्याग्देको पोलिक्लिनीकमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाईएको छ ।
घटनामा संलग्न सवारी र सोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


