चलचित्र ड्रिम्सबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी साहको आज जन्मदिन हो ।
आजबाट उनी २५ औ वर्षमा लागेकी छिन् । २५ औँ जन्मदिन मनाइरहेकी साम्राज्ञीलाई बिहानैदेखि उनका शुभचिन्तक र आफन्तले शुभकामना र शुभेच्छा प्रकट गरिरहेका छन् ।
मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाडौंमा जन्मिएकी साम्राज्ञीले ड्रिम्सपछि ए मेरो हजुर २, तिमी सँग , कायरा, मारुनी, रातो टिका निधारमा जस्ता चलचित्रमा अभिनय गरिन् ।
जसमध्ये अधिकांसले चर्चा पाए एक सफल र चर्चित नायिकाको रुपमा स्थापित नायिकाको छवी बनाएपछि उनी भुवन केसी प्रकरणमा भने नराम्रोसँग विबादमा तानिइन् । यद्यपी उनको कामको चर्चा र माग भने अहिले पनि उस्तै छ ।


