गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट गोरखामा आज तेस्रो ब्यत्तीको ज्यान गएको छ ।
आज (मंगलबार) संक्रमणबाट ज्यान गुमाउने ब्यत्ती पालुङटार ७ च्याङलीका ८३ बर्षिय बृद्वाको ज्यान गएको गोरखा अस्पतालले पुष्टी गरेको हो ।
फोक्सोको क्यान्सले पिडीत उनलाई गोरखा अस्पतालमा कार्तिक २७ गते देखी आईसियुमा भर्ना गरी उपचार गरीएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
उनको आज बिहान ७ः२५ बजे ज्यान गएको थियो । शब ब्यवस्थापनका लागि नेपाली सेनाले तयारी गरीरहेको छ ।


