गोरखा – गोरखाको ठोट्नेरी खोला माथि झोलुङेपुल निर्माण सम्पन्न भएको छ ।
स्विस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास परियोजनाको आर्थिक सहयोग र हिमाली क्षेत्र बिकास केन्द्रको समन्वयमा झोलुङे पुल निर्माण गरिएको हो ।
आरुघाट गाउँपालिका २ को ठोटनेरीमा पुल निर्माण गर्दा ४९ लाख ९१ हजार ३७६ रुपैया खर्च भएको हिमाली क्षेत्र बिकास केन्द्रका संयोजक बिरबल घलेले बताए । निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाई ८६ मिटर रहेको छ ।
पुल निर्माण भएसंगै स्थानीय शंकदेवी आधारभूत बिधालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई बिद्यालय आवत–जावतमा सहजता भएको छ ।
‘उत्त झोलुङे पुल निर्माण हुनु भन्दा पहिला बालबालिकाहरु जोखिम मोलेर खोला वारपार गरेर घर र स्कुल आउने जाने गरेका थिए ।
सोही झोलुङ्गेपुल भएर मान्बु ठोट्नेरीदेखि छापगाउँ हुदै धादिङको बसेरी गाउँसम्मका मानिस दैनिक आउजाँउ गर्ने गर्दछन् ।
साँकेतिक तस्बिर


