गोरखा – गोरखामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टीहुनेहरुमा गोरखा अस्पतालले स्वाब संकलन गरेका ९ जना र सिरानचोक गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
्
निर्देशनालयका अनुसार सिरानचोक गाउँपालिकामा ४७ बर्षिया १ महिला र बर्ष ५२, ४८, ३२ र ५७ का ४ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै गरी गोरखा अस्पतालमा ४ बषिया बालिका, ३८, ५२, र ५५ बर्षका महिला र ७ बर्षका बालक सहित बर्ष २९, ७५, ५२ र ५० बर्षका ५ जना पुरुषमा कोरोना देखिएको हो ।
कन्ट्रयाक्ट ट्रेसिङका परेका उनिहरु सवैको क्षयरोग उपचार केन्द्र पोखरामा पिसिआर परीक्षण भएको निर्देशनालयले जनाएको छ ।



