गोरखा – जिल्लाको खहरे भन्ने स्थानमा जुवा खालबाट प्रहरीले १ लाख ७५ हजार नगद सहित ३४ जनालाई पक्राउ गरेको छ ।
सिरानचोक गाउँपालिका ७ को खहरे भन्ने स्थानमा जुवा खेली रहेका ३४ जनाबाट प्रहरीले १ लाख ७५ हजार ७५५ रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । ‘हामीलाई सो स्थानमा जुवा खेल्दै हो हल्ला गरेको भन्ने जानकारी प्राप्त हुनासाथ उत्त स्थानमा छापा मार्दा नगर, कौडा र मानिसहरु पक्राउ परेको’ प्रहरी उपरिक्षक गुरुङले बताए ।
विशेष सुराकी पाएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखा र ईलाका प्रहरी कार्यालय जौबारीको प्रहरी टोलीले खेली रहेको स्थानमा घेरा हालेर ३४ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट १६ थान कौडा र १ लाख ७५ हजार ७५५ रुपैयाँ समेत बरामद भएको प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरर्गत मुद्वा दर्ता गर्ने तयारी कार्यालयले गरेको छ । तिहार बिदा भएको कारण मंसिर ३ गते कार्यालय खुले पछि मात्र उनीहरुको मुद्वा दर्ता हुने भएको छ ।
चाढबाडका कारण जिल्ला प्रशासन कार्यालय बन्द भएकोले यसै बिचमा थप अनुसन्धान गरिने कार्यालयले जनाएको छ ।
राती नै पक्राउ परेको उनीहरुलाई आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याईएको हो ।




















