नेपाली गित संगीत क्षेत्रमा आफ्नो नाम उच्च् स्थानमा राख्न सफल भईसकेकी तथा कयौ नेपाली हरुको मन मुटुमा बस्न समेत सफल भैसकेकी गायिका अन्जु पन्तको स्वरमा सजिएको “यादका लहरहरु” बोलको गीतको भिडियो सार्बजनिक भएको छ। उक्त गितको भिडियोलाई एसियन म्युजिकको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।
गायिका अन्जु पन्तको सुमधुर स्वरमा सजिएको उक्त गीतमा नेपाली फिल्मी क्षेत्रका धरोहर तथा माहानायक भनेर चिनिने राजेश हमाल र उनको साथमा करिश्मा मानन्धरलाइ देख्न सकिन्छ। २२ घण्टा अगाडी मात्र सार्बजनिक गरिएको उक्त म्युजिक भिडियोलाई करिब १४ हजारको हाराहारीमा हेरी सकिएको छ।
हरि हुमागाईले निर्देशन गरेको उक्त गीतमा राज सागरको संगीत रहेको छ भने प्रकाश पौडेलको सब्द रहेको छ। संगीत संयोजन गर्ने काम गोपाल रसाइलीले गरेका हुन्। उत्तम हुमागाईंले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले कलरिङ्ग तथा सम्पादन गरेका छन्।
भिडियो हेर्नुस :


