गोरखा – गोरखामा आज फेरी २ स्थानिय तहमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकामा गरी थप ६ जनामा संक्रमण पुष्टी भएको हो । यस अघि आजै गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकामा गरी २१ जनामा संक्रमण देखिएको थियो ।
संक्रमण देखिएको शहिद लखन गाउँपालिकामा १ जना पुरुष र पालुङटार नगरपालिकामा ४ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।





















