गोरखा – बिश्व मधुभेह दिबसको अवशरमा लायन्स क्लबले सदरमुकाममा निशुल्क परिक्षण शिविर सम्पन्न गरेको छ ।
लायन्स क्लव अफ गोरखा र लायन्स क्लब अफ गोरखा कालिकाको आयोजनामा प्रस्तावित लायन्स आखा अस्पतालमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ५४ जनाले निसुल्क जाँच गराएको लायन्स क्लब अफ गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठले बताए ।




















