गोरखा – गोरखाका किसानहरुले यस बर्ष देखी आफ्ना पशुपन्छीहरुको निशुल्क बिमा पाउने भएका छन ।
जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जिल्ला भित्रका पशुपालक किसानहरुका लागि निशुल्क पशुपन्छी बिमा कार्यक्रम सुरु गरेको कारण गोरखाका किसानले सो सुविधा पाउने केन्द्रका प्रमुख डा.इन्द्रबहादुर भट्टले बताए । ‘यस बर्ष किसानको पुर्ण बिमाको लागि प्रदेश सरकारको तर्फबाट ४२ लाख प्राप्त भएको’ प्रमुख भट्टले बताए । ‘हामी सके सम्म धेरै किसानलाई समेटने प्रयास गर्ने छौ’ उनले भने ।
कार्यालययमा चालु आर्थिक बर्षका लागि पशु बिमा शिर्षक अन्तरर्गत गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ४२ लाख प्राप्त भएको छ । रकम प्राप्त भए संगै किसानको पशुपन्छी बिमाको काम समेत सुरु भएको छ । अघिल्लो बर्ष सम्म संघिय सरकारले किसानको पशु बिमामा ७५ प्रतिशत रकम अनुदान दिदै आएकोमा यस बर्ष देखी प्रदेश सरकारले संघिय सरकारले दिएको पैसामा २५ प्रतिशत थप गरे पछि किसानले निशुल्क बिमाको सुविधा पाएको हो ।
निशुल्क बिमा कार्यक्रम अन्तरगत १ जना किसानले अधिकतम १ करोड रुपैयासम्मको बिमा गराउन पाउने छन् । उत्त रकम भन्दा माथीको रकम भएको खण्डमा किसान आफैले ब्यहोर्नु पर्ने कार्यालयले जनाएको छ ।
बिमा रकम बैंक मार्फत भूक्तानी दिने ब्यवस्था कार्यालयले गरेको छ । किसानले आफ्नो पशु वा पन्छीको बिमा गराएको बिमा लेख, बिमाको लागि भुक्तानी दिएको रसिद, पान नं. र बैंक खाता सहितको निवेदन कार्यालयमा प्राप्त हुनासाथै रकम भूक्तानी दिने गरिएको कार्यालयमा लेखापाल कृष्णबहादुर कार्कीले बताए ।
कार्यक्रम सुरु भए पछि अहिले सम्म १२ जना किसानहरुलाई बिमाबापतको रकम कार्यालयले भूक्तानी गरिसकेको छ । कार्यालयले किसानलाई अहिले सम्म १ लाख ८२ हजार २७९ रुपैयाँ भुक्तानी गरिसकेको कार्यालयले जनाएको छ । निशुल्क बिमा गर्नेहरुमा कुखुरा पालक किसानहरु बढी रहेका छन् ।
भूक्तानी पाउनेमा गोरखा नगरपालिकाका ८ जना, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका १÷१ जना किसान छन् ।




















