गोरखा – गोरखा नगरपालिकामा काम गर्ने ३ जना कर्मचारी सहित पालुङटार नगरपालिकाको गरी आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको २ नगरपालिकामा उत्त संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएको गोरखा नगरपालिका कार्यालयका नक्सा शाखाका १ जना महिला कर्मचारी, होल्डीङ सेन्टरमा बस्ने १ जना पुरुष कर्मचारी र वडा नम्बर ९ को प्राविधिक रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै गरी गोरखा नगरपालिका ५ मा २ जना पुरुष, ६ मा ३ जना पुरुष र ५ जना महिला, ८ मा ६ जना पुरुष र ७ जना महिलामा समेत संक्रमण देखिएको छ । वडा नम्बर ९ मा ४ जना पुरुष र ३ जना महिला र १० मा १ जना पुरुषका साथै भीमसेन थापा गाउँपालिका १ का १ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
संक्रमीत मध्ये गोरखा नगरपालिकामा १७ जना पुरुष र १५ महिला रहेका छन् ।
उता पालुङटार नगरपालिका ३ जनामा संक्रमण देखिएको छ । जस मध्ये १ जना पुरुष र २ जना महिला रहेका छन् ।






















