गोरखा – तनहुँको आँबुखैरेनी निवासी ७५ बर्षका बृद्वलाई लुटपाट गरेको आरोपमा गोरखा च्याङलीका १ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ प्रहरीले आज पालुङटार नगरपालिका ७ च्याङ्लीका निवासी २९ बर्षिय बिशालजंग शाहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टी गरेको हो ।
शाहीले यहीँ कात्तिक २५ गते बृद्धा भत्ता लिएर फर्कदै गरेका आँबुखैरेनी निवासी कुननारायण श्रेष्ठलाई दुईधारे भन्ने स्थानमा डर त्रास देखाएर उनको साथमा रहेको ९ हजार ४०० रुपैयाँ शाहीले लुटपाट गरेको आरोप लागे पछी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका शाही बिरुद्ध जिल्ला अदातल तनहुँबाट म्याद थपगरि अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ ।




















