गोरखा – गोरखाको लाप्राकमा निर्माण भई रहेको गुप्सीपाखाा बस्तीमा कमसल निर्माण सामाग्री प्रयोग भएको तथ्य पुष्टी भएको छ ।
गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को सहयोगमा गुप्सीपाखा बस्तीमा निर्माण भएको घरको झ्याल र ढोकामा कमसल सामाग्री प्रयोग भएको पुष्टी भएको हो ।
धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा निर्माण भइरहेकोे एकिकृत नमुना बस्तीकाको आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव रामप्रसाद सापकोटा सहित इन्जिनियरहरुको टोलीले अनुगमन तथा निरीक्षण गर्दा नमुनाबस्तीका घरहरुमा प्रयोग भएका झ्याल ढोका कमजोर र कमसल खालको प्रयोग भएको पाइएको हो ।
‘ आज हामीले प्राधिकरण, गाउँपालिका, स्थानीय सरोकारवाला तथा स्थानीयबासीहरु समेतको सहभागितामा एकिृकत नमुनाबस्तीको अनुगमन तथा निरीक्षण गर्दा ति घरहरुमा प्रयोग भएको झ्याल र ढोकाको गुणस्तर कमसल भएको पायौ’ धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘सुरुमा नमुना घर निर्माण गर्दा जुन गुणस्तरको सामाग्री प्रयोग भएको थियो, पछि बनाईएका घरहरुमा राखिएको झ्याल र ढोकाको गुणस्तर कम देख्यौ’ अध्यक्ष गुरुङ भने ।
प्राधिकरणका इन्जिनियरहरुले पनि कमसल खालको प्रयोग भएको बताइसकेको छ । उनीहरुले अनुगमनपछि प्राधिकरण सहितको सरोकारवालाहरुको संयुक्त बैठकले झ्याल र ढोकामा प्रयोग गरिएको सामाग्रीहरु कमगुणस्तरका प्रयोग भएका बारे प्राधिकरण मार्फत एनआरएनएलाई सहजीकरणका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
बस्ती निर्माणमा प्राधिकरणको कार्यबिधि एवं मापदण्ड अनुसार प्रत्येक घरमा ४ लाखको दरले प्राप्त हुनुपर्ने रकम अहिलेसम्म प्राप्त नभएको भन्दै पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गर्न प्राधिकरणलाई आग्रह गर्ने निर्णय समेत भएको छ ।
बस्ती निर्माणको काम सुरु भएको पनि ४ बर्ष बितिसकेको छ ।




