गोरखा – उत्तरी गोरखाको सल्लेरीबाट भालुबन जाने गोरेटो बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
चुमनुव्री गाउँपालिका ३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल हिड्नका लागि निर्माण भई रहेको गोरेटो बाटो अन्तिम चरणमा पुगेको हो ।
विश्व खाद्य कार्यक्रमको पुर्णिमा कार्यक्रम अन्तरर्गत निर्माण भई रहेको उत्त मार्ग ३ किलो मिटर भन्दा लामो छ । बाटो निर्माण हुनु भन्दा पहिला यसका सर्व साधारण उत्र क्ष्ोत्रमा जोखिम मोलेर जाने गर्दथे । ‘पहिले पहिले हामी यो बाटो निकै जोखिम मोलेर हिड्ने गद्थ्यौ । बाटो बन्यो अब भने सजिलो हुने भएको छ’ चुमनुब्री गाउँपालिका ३ का वडाध्यक्ष रामकुमार गुरुङले बताए ।
४ फिट चौडाईएको उत्त बाटो ३ किलो मिटर २३० मिटर रहेको वडाध्यक्ष गुरुङले जानकारी दिए । गुरुङका अनुसार असजिला बाटोमा फलाम राखेर तारजाली छेकबार गरीएको छ ।
उत्त बाटो प्रयोेग गर्दा बर्षे १÷२ जनाको ज्यान जाने गरेको भन्दै अब बाटो सजिलो भयो ज्यान जाने खतरापनि भएन एक स्थानियले बताए ।
सल्लेरी देखी भालुबन सम्म जाने अन्य कुनै पनि बैकल्पीक बाटो नहुदा यहाँका स्थानीले बाध्य भएर यो बाटो प्रयोग गर्दै आएको हो ।


