×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

फिल्म क्षेत्रलाई उठाउन महासंघको साथ छ : आकाश अधिकारी

  •  गोरखा समाचार
  • बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    निर्देशक तथा कलाकार आकाश अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई दशकभन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय उनले बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् । ११ र १२ मंसिरमा महासंघको वार्षिक साधारणसभा र निर्वाचन हुँदैछ ।

    २०७३ सालको महासंघको निर्वाचनमा आकाश अधिकारी बस्तुगततर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । यसपटक पनि उनले चलचित्र क्षेत्रबाट प्रतिनिधित्व गर्दै बस्तुगततर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । आफूले महासंघको चार वर्षे कार्यकालमा धेरै सिक्ने मौका पाएको र नेपाली फिल्म इन्डस्ट्री र उद्योग-व्यवसायलाई मिलाउने ब्रिजको काम गरेको उनले बताए ।

    बुधवार फिल्मीखबरसँगको एक भेटमा उनले भने- ‘यसअघि फिल्म क्षेत्र सेवामुलक उद्योग मात्र थियो । म वाणिज्य महासंघमा निर्वाचित भएर गएपछि फिल्म क्षेत्र र महासंघको साथले फिल्म क्षेत्र राष्ट्रिय मान्यता प्राप्त उद्योगमा आयो । तर जबसम्म नीति, नियम र कानुन लेखिँदैन तबसम्म फिल्म क्षेत्रले त्यसको फाइदा लिन सक्दैन । यसैका लागि म फेरि महासंघ जान लागेको हुँ ।’

    चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनका लागि पनि आफूले महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए । होटल, पर्यटन, कृषिमा पनि आफूले काम गर्ने उनी बताउँछन् । गएको चार वर्षे कार्यकालमा उद्योग वाणिज्य महासंघ र उद्योगी-व्यवसायीले फिल्म क्षेत्रलाई हेर्ने नजर निकै राम्रो पाएको उनको अनुभव छ ।

    नेपालमा बक्सअफिस कार्यान्वयन हुन सकेको खण्डमा उद्योगी-व्यवसायीहरु फिल्म क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि उनले बताए । ‘कला, संस्कृति, सभ्यतालाई बचाइराख्ने भनेको फिल्म क्षेत्र हो । हिजो के थियो भनेर पछाडि फर्केर हेर्ने हो भने फिल्म नै हो । त्यसैले श्रव्य दृश्य, फिल्मले नै कला, संस्कृति र पहिचानलाई बचाइराख्छ । यसलाई उठाउनु पर्छ भन्नेमा सिंगो महासंघ छ ।’

    उनले नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्म पुर्‍याउनका लागि पनि आफूले महासंघबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । महासंघको फिल्म एन्ड इन्टरटेन्मेन्ट फोरमका सभापति समेत रहेका निर्माता अधिकारी यसपटक पनि अत्याधिक मतका साथ विजयी हुनेमा विश्वस्त छन् । यसअघि ५६ भोट प्राप्त गर्दै उनी केन्द्रिय सदस्यमा विजयी भएका थिए ।

    ‘काठमाण्डू, पन्छी, दाग, क्रोध, कान्छी, के म तिम्रो होइन र ?, कोहिनूर’ लगायतका फिल्म निर्देशन गरिसकेका उनी स्थिति सामान्य भएपछि नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन् । ‘काठमाण्डू, पन्छी, जनयुद्ध, क्रोध’ लगायतका फिल्ममा मुख्य भूमिकामा अभिनय समेत गरेका उनले पछिल्लो पटक फिल्म ‘कान्छी’ निर्देशन गरेका थिए । आकाश रेड स्टुडियोका सञ्चालक समेत हुन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.