गोरखा – गोरखाको आरुस्वाराँ भन्ने स्थानमा मृत्त अवस्थामा एउटा चितुवा फेला परेको छ ।
गोरखा नगरपालिका ४ फिनामको आरुस्वाँरामा मृत अबस्थामा पोथी बयस्क मृत्त चितुवा फेला परेको डिभिजन बन कार्यालय गोरखाले पुष्टी समेत गरेको छ । ‘स्थानियले मृत्त चितुवा देखेर हामीलाई खबर गरेको र घटना स्थलमा पुग्दा पोथी चितुवा मृत्त अवस्थामा फेला परेको’ डिभिजन प्रमुख असोककुमार श्रेष्ठले बताए । ‘मृत्तक चितुवाको अवस्था हेर्दा २ वटा चितुवा एक आपसमा लडेर मरेको जस्तो देखिन्छ तर पनि हामीले अनुसन्धान थालेका छौ’ प्रमुख श्रेष्ठले भने ।
स्थानीयले चितुवा मृत अबस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । घटनाको जानकारी पाएलगत्तै डिभिजन बन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई बन कार्यालयमा ल्याइएको छ ।
कार्यालयमा अनुसार मृत चितुवाको १÷२ दिन अघि नै मरेको हो । गएको भाद्र महिनामा पनि जिल्लाको आरुघाट गाउँपालिकामा कुकुरले टोकेर एक चितुवा मारिएको थियो ।




















