×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मिसेस नेपाल टुरिजम–२०१९’की विजेता छिरिङ डोल्मा शेर्पा हिमाल चढ्दै

  •  गोरखा समाचार
  • बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    स्टार वान इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल टुरिजम–२०१९’की विजेता छिरिङ डोल्मा शेर्पा हिमाल आरोहणका लागि निस्किएकी छन् । उनले सेभेन समिट ट्रेक प्रालिबाट आमादब्लम हिमाल आरोहण गर्न लागेकी हुन् । एभरेष्ट ट्रायल ट्रेक पद यात्रा हुँदै उनले आमादब्लम हिमाल आरोहण गर्नेछिन् । आमादब्लम हिमाल ६ हजार ८ सय १२ मिटर अग्लो छ ।

    कोरोना महामारीका कारण पछिल्लो समय पर्यटन व्यवसाय संकटमा परेको बेला आन्तरिक प्रयटन प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रासहित हिमाल चढ्न लागेको छिरिङले बताइन् । ‘देश विकासका लागि विदेशी पर्यटकले मात्र पुग्दैन,’ उनले भनिन्, ‘त्यसका लागि हरेक स्थानमा आन्तरिक पर्यटकको पनि ध्यान तान्न सक्नु पर्दछ ।’

    ‘सेभेन समिट ट्रेक इन्टरनेशनल माउन्ट आमादब्लम एक्सपिडिसन टिम–२०२०’ सहित हिमाल आरोहणका लागि उनी केही दिन अगाडि काठमाडौंबाट सोलुखुम्बु प्रस्थान गरेकी छन् । सेभेन समिट ट्रेकले यस अगाडि बहराइनका राजकुमारलाई मनास्लु र लोबुचे हिमाल सफलतापूर्वक आरोहण गराएको थियो ।

    छिरिङलाई लुक्ला एयरपोर्टमा खुम्बु पासाङ्ग ल्हामु गाउँपालिकाको उपमेयर टसी ल्हामु शेर्पाले स्वागत गरेका थिए । गाउँपालिकामा ‘कोभिड—१९’को प्रभावका विषयमा छलफल गर्दै छिरिङले आफ्नो ‘छिरिङ डोल्मा शेर्पा’ फाउन्डेसनबाट हिमाल आरोहणदेखि पदयात्राका क्रममा दुर्घटनामा परी निधन भएकाका सन्तानहरु शिक्षाबाट बन्चित नहोउन् भनेर आवश्यक सहयोग गर्नेसमेत बताइन् ।

    कोरोना महामारीले गर्दा विदेशी तथा आन्तरिक पर्यटक ठप्पप्राय भएको समयमा आफूहरु जस्ताको यात्राले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

    मोडलिङ, अभिनय, पर्यटन, शिक्षा र समाजसेवा जस्ता विभिन्न क्षेत्रमा क्रियाशील रहँदै आएकी शेर्पाले ‘मिसेस नेपाल टुरिजम–२०१९’मा शिर्ष सहित बेष्ट हेयर अवार्ड समेत हात पारेकी थिइन् । अबको उनको उद्देश्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको उपाधि नेपाल भित्र्याउने छ ।

    शेर्पाले धेरै वर्ष अगाडिदेखि पर्यटन क्षेत्रमा समेत काम गर्दै आइरहेकी छन् । काठमाडौंको बौद्ध, फूलबारी निवासी उनी मोडल तथा अभिनेत्री पनि हुन् । अभिनेत्रीको रुपमा छायाँकन तयारीमा रहेको फिल्म ‘मुसी’मा उनी देखिदैछिन् भने मोडलिङलाई उनले २०५५ सालदेखि निरन्तरता दिएकी छन् ।

    नेपाल राष्ट्रिय मोडलिङ संघको आजीवन सदस्य समेत रहेकी उनले मोडलिङ करिअरबाट संस्कृति र पर्यटन सदभावना दूत भएर नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान दिँदै आएकी छन् ।

    उनी गत वर्षको अक्टोबरमा नेपाल पर्यटन बोर्डबाट दुई वर्षका लागि ‘टुरिजम एण्ड कल्चर गुडबिल एम्बेसडर’ भएलगत्तै नेपालको प्रर्यटन प्रचार प्रसारका लागि अमेरिकाको १२ राज्यमा पुगेकी थिइन् ।

    बिभिन्न सौन्दर्य प्रतियोगिता, बालप्रतियोगितामा निर्णायक तथा अतिथिको भूमिका समेत निर्वाह गर्दै आएकी उनले केही महिना अगाडि अमेरिकामा आयोजित सातौं ‘मिस नेपाल युएस २०१९’मा समेत निर्णायकको जिम्मेवारी बहन गरेकी थिइन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.