गोरखा – गोरखा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी हुनेमा कोरोना टाक्सफोर्सका जिल्ला संयोजक गोर्बधन श्रेष्ठ र अर्का गोरखा अस्पतालमा काम गर्ने सिनियर अनमीमा संक्रमण पुष्टी भएको हो ।
गोरखा अस्पतालमा नै काम गर्ने डा.लाई संक्रमण देखिए संगै उनको सम्र्पकमा रहेकाहरुको हिजो स्वाब लिइएको र आज उनीहरुमा संक्रमण पुष्टी भएको गोरखा अस्पतालले जनाएको छ ।
संक्रमण देखिएका श्रेष्ठ गोरखा क्याम्पस आइसोलेसनका संयोजक तथा गोरखा अस्पतालका बिकास समितिका सदस्य समेत हुन । उनले पछिल्लो समय आफ्नो सम्र्पकमा आउने सबैलाई सर्तक रहन र स्वाब परिक्षण गराउन अनुरोध गरेका छन् ।
संक्रमण देखिएका दुवै जना गोरखा अस्पतालमा नै आइसोलेसनमा बसी सकेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।





















