गोरखा – शिक्षा बिद माधवप्रसाद मरहट्टाको निधन भएको छ ।
गोरखाको पालुङटार नगरपालिका २ आँपपिपलका शिक्षा बिद मरहट्टाको गएराती निधन भएको परिवारले जनाएको हो ।
गोरखाको शिक्षा क्षेत्रको बिकासमा मरहट्टाको अतुलनिय योगदान रहेको छ । स्वर्गिय मरहट्टा शिक्षा क्षेत्र सगै राजनीतिक रुपमा स्थापित थिए ।
उनको निधनले शिक्षा क्षेत्रमा अपुरणिय क्षति पुगेको छ । मरहट्टालाई केही दिन अगाडी मात्र काेराेना संक्रमण पुष्टी भएको थियो । उनको स्टार अस्पताल ललितपुरमा ज्यान गएको हो ।


