गोरखा – गोरखा मंगलबार साँझ पुनः ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालको फिभर क्लिनीकमा उपचाररत ३ जना र अजिरकोट गाउँपालिकाका ४ जनामा देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमित मध्ये गोरखा अस्पतालको फिभर क्लिनीकमा उपचारका लागि आएका छेवेटारका १ जना पुरुष र बित्तिय संस्थामा काम गर्ने १ जना महिला रहेकी छिन् भने अर्का १ जना चोरकाटेका पुरुष रहेको गोरखा अस्पतालले जनाएको छ ।
गोरखा अस्पतालले स्वाब लिएका मध्ये १ जना अहिले पनि गोरखा अस्पतालमा नै उपचार गराईरहेको र अर्का २ जना होम आइसोलेसनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।





















