गोरखा – गोरखामा आज ३ जना सरकारी कर्मचारी सहित थप १४ जनामा संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी हुनेमा गोरखा र पालुङटार नगरपालिकाका ७÷७ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ ।
संक्रमण पुष्टी भएका ४ मा २ जना, ८ मा १ जना, ९ मा १ जना, १२ मा २ जना र १४ मा १ जना गरी कुल ७ जनामा संक्रमण देखिएको हो । त्यस्तै गरी पालुङटार नगरपालिकाको ७ जनामा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
संक्रमण देखीएको गोरखा नगरपालिकाका ३ जना सरकारी कर्मचारीहरु रहेको पुष्टी भएको छ । संक्रमित मध्ये गोरखा नगरपालिकाको लेखा शाखामा कार्यरत १ जना पुरुष कर्मचारी, वडा नम्बर १२ को प्राविधिक र ४ को सरस्वती मावि फिनामको शिक्षक रहेको पुष्टी भएको हो ।
यो संगै गोरखा जिल्लामा संक्रमितहरुको संख्या ५३३ जना पुगेको छ । जस मध्ये १३१ जना संक्रिय सक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । त्यस्तै गरी गोरखा घर भई बाहिरी जिल्लामा संक्रमित भएकाहरुको संख्या ५९ पुगेको छ ।


