×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

छुवाछूत अन्त्य गरौं : रेखा थापा

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ‘प्रविधिको विकासले संसार निकै साँघुरो भइसक्यो। विश्वास नै गर्न नसकिने उपलब्धि मानिसले गरिरहेको छ। हामी भने अझै पनि जातका आधारमा भेदभाव गरिरहेका छौँ। यो शुद्ध, ऊ अशुद्ध; यो ठूलो जात, ऊ पानी नचल्ने जात भनेर विभेद गरिरहेका छौं। यो अत्यन्तै गलत हो।’

    माथिको अभिव्यक्ति हो, अभिनेत्री तथा चलचित्र निर्मात्री रेखा थापाको। मिडिया एड्भोकेसी गु्रपले शुक्रबार राखेको एक भर्चुअल अन्तत्र्रिmयामा थापाले छुवाछूतको विषयमा यो विचार राखेकी थिइन्। उनले भनिन्, ‘कोही मानिसलाई जन्म र जातका आधारमा सदियौंदेखि चरम विभेदमा पारिनु अत्यन्तै लज्जास्पद कार्य हो।’ उनले विभेद हटाउन आफैंबाट सुरु गर्नुपर्ने बताइन्।

    ‘दलित आन्दोलनमा गैरदलितको भूमिका’ शीर्षक छलफल कार्यक्रममा सहभागी रेखाले सबै जात, धर्म समान भएको धारणा व्यक्त गरिन्। क्षेत्री परिवारमा जन्मिएकाले छुवाछूतको पीडा भोग्न नपरे पनि बाल्यकालमा महिनावारी हुँदा पाँच दिनसम्म आफूमाथि अशुद्धजस्तै व्यवहार गरिएको उनले स्मरण गरिन्।

    भनिन्, ‘चार दिन अशुद्ध बनाइँदा त कति पीडा हुन्थ्यो; अझ जातका आधारमा जीवनभर दलित बनाइनु र पानी नचल्ने भनेर विभेद गरिँदा भोग्नेलाई कति पीडा भएको होला ? धर्म र संस्कारका नाममा गरिने अपराध हो यो।

    चरम यातना हो। मानिसले मानिसलाई गर्ने लज्जास्पद कार्य हो।’

    आधुनिक युगमा पनि शुद्ध र अशुद्ध भनेर सोच्नु नै गलत रहेको बताउँदै थापाले छुवाछूत सामाजिक अपराध भएकाले दलितको मात्रै विषय भन्न नहुने धारणा राखिन्।

    यो जात, ऊ जात; यो धर्म, ऊ धर्म भनेर लाग्नुभन्दा पहिले सबै मानव बन्नुपर्ने र एकअर्कामा मानवीय धर्म निर्वाह गनुपर्ने उनको तर्क थियो। परम्परा र संस्कारका बहानामा होस् या आर्थिक तथा सामाजिक अवस्थाको निहँुमा, सदियौंदेखि छुवाछूतलाई प्रश्रय दिने गलत अभ्यास चलेको उनले जनाइन्।

    नेपाली चलचित्र क्षेत्रमा पनि गैरदलित कलाकारकै संख्या बढाउँदै दलितका विषयमा निकै कम मात्रै चलचित्र बनाइने गरेको उनले बताइन्। भनिन्, चलचित्र निर्माण गर्दा दलितका मुद्दा पनि उठायौं तर विषयलाई व्यापारका रूपमा सीमित गरियो।

    व्यावसायिक नाफाका रूपमा प्रयोग गरियो। कसैले पनि जरोसम्म पुग्ने हिम्मत गरेनन्। समाजमा जरो गाडेर बसेको यो प्रथा निर्मूल पार्न एउटा चलचित्रमा मात्रै हैन, हरेकले आवाज उठाउनु पथ्र्यो तर यसलाई कसैले पनि गम्भीर रूपमा लिएनौँ।’

    दलितका मुद्दा, गरिबका मुद्दा, महिलाका मुद्दा भनेर खण्डखण्डमा आवाज उठ्ने गरेकाले पनि यस्ता विषय पूर्णकालीन समाधान हुन नसकेको थापाको धारणा थियो।

    उनले भनिन्, ‘एकीकृत रूपमा समस्या समाधान हुन जरुरी छ, नत्र नारामै सीमित हुन्छ। यसैगरी चलिरहन्छ विभेद।’

    थापाले हामी मानिस बन्न नसकेको आरोप लगाउँदै प्रश्न गरिन्, ‘सचेत मानिसले अर्को मानिसलाई कसरी गर्न सक्छ विभेद ? छुवाछूतका नाममा चरम विभेद र सुन्नै नसक्ने यातना ?’ उनले मानव बन्न र मानवीय धर्म निर्वाह गर्न जोड दिइन्।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.