×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

ऋचा भन्छिन्, ‘कोरोना जित्न मानसिक रुपमा तन्दुरुस्त हुनुपर्छ’

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गएको तीन हप्ता अगाडि अभिनेत्री ऋचा शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । तीन दिन लगातार असह्य टाउको दुखेपछि पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना पुष्टि भएपछि उनी झण्डै २२ दिन होम आइसोलेसनमा बसिन् । तीन हप्ता लामो होम आइसोलेसनपछि कोरोनालाई जितेकी उनी अहिले पूर्ण रुपमा स्वस्थ छिन् ।

    तीन हप्ताको लडाईंपछि कोरोनालाई जित्न सफल भएकी ऋचाले आफ्नो कोरोना अनुभव साटेकी छन् । आफ्नो नाममा खोलको यूट्युब च्यानलमा एक भिडियो अपलोड गर्दै उनले आइसोलेसनको क्रममा कोरोनालाई जित्न आफूले गरेका क्रियाकलाप प्रशंसकमाझ शेयर गरेकी छन् । स्वास्थ्य सुरक्षाका सामाग्री अपनाउँदा अपनाउँदै आफूलाई कोरोना सरेको उनले बताएकी छन् ।

    ‘लकडाउन भएदेखि काम विशेषले घरबाहिर जाँदा सधैं मास्क प्रयोग गरेको थिएँ । सधैं सेलिटाइनर लगाउथेँ । हात पनि पटक पटक धोइरहेको हुन्थेँ । यति सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना लाग्यो । मलाई कसरी कोरोना लाग्यो भनेर मैले सोच्न पनि सकेको छैन । मास्क, सेनिटाइजर लगाउँदा लगाउँदै पनि कोरोना लाग्दा चाहिँ अचम्म लागेको छ’, उनले भनेकी छन् ।

    कोरोना संक्रमण पुष्टि भएपछि आफूलाई मानसिक रुपमा तनाब भएको उनी बताउँँछिन् । कोरोनाको औषधी नबनेकाले कसरी यो संक्रमणबाट मुक्त हुने भनेर आफू चिन्तित भएको उनको कथन छ । उनी भन्छिन्, ‘कोरोना जित्न शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन जरुरी छ । कतिपयले कोरोना लागेपछि अब सकियो भनेर सोच्ने गर्दछन् । यसरी आत्मविश्वास कम गर्नु हुँँदैन ।’

    आइसोलेसनमा बसेपछि उनले हरेक दिन दुईपटक बाफ लिने, हट वाटर ब्यागमा तातो पानी हालेर पेटमा राख्ने, नुन पानी प्रयोग गर्ने गरेकी रहेछिन् । कोरोना पुष्टि भएपछि चिकित्सकको सल्लाह अनुसार आफूले कोडोपार र जिंक औषधी सेवन गरेको उनले बताइन् । आइसोलेसनको समयमा दिमागलाई धेरैतिर डुलाउन नहुने र उच्च आत्मबलले कोरोना जितिने उनको अनुभव छ ।

    अभिनेत्री ऋचा शर्मा भन्छिन्, ‘आइसोलेसनको समयमा दिमागलाई धेरैतिर डुलाउनु हुँदैन । मैले चाहिँ आइसोलेसनको समयमा कमेडी फिल्म धेरै हेरेँ । कति झुर फिल्म पनि हेरेँ । तर, त्यसले मलाई दिमागलाई यताउति जान दिएन । अहिले म एकदमै स्वस्थ छु ।’ कोरोनाको लक्षणको रुपमा भने उनलाई असह्य टाउको दुखेको थियो । उनको गन्ध क्षमतामा पनि ह्रास आएको थियो ।

    भिडियो :-

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.