गोरखा – गोरखा टेलरिङ्ग व्यवसायी संघले सदरमुकामको २ वटा बिधालयमा अध्ययनरत बिद्यार्थीहरुलाई निशुल्क पोसाक वितरण गरेको छ ।
विद्यालयमा अध्ययनरत ४२ जना असाहाय, अनाथ र अपांगता भएका बालिकाहरुलाई संघले निशुल्क पोसाक उपलब्ध गराएको हो ।
संघको प्रथम स्थापना दिवसको अबसर पारेर गोरखा नगरपालिका ६ को छहरे स्थित बालमन्दिर माध्यामिक बिधालय र ८ को श्री सरस्वती माध्यामिक बिधालयका बालबालिकालाई बिधालय पोशाक उपलब्ध गराएकोे कोषाध्यक्ष बिकास परियारले बताए ।
बालमन्दिर माध्यामिक बिधालयमा अध्ययनरत २५ जना र सरस्वती माध्यामिक बिधालयमा अध्ययनरत १७ जना दृष्टिबिहिन बालबालिकाहरुलाई पोशाक वितरण गरिएको संघले जनाएको छ ।
संघमा सदरमुकाम क्षेत्रका ५२ टेलरिङ्ग व्यवसायीहरु आबद्व रहेका छन् । संघले यसै पालुङटार इकाई समेत गठन गरेको छ ।


