गोरखा – गोरखामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालका डा. तथा बैंकमा काम गर्ने कर्मचारी सहित ४ जनामा देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमण पुष्टी भएका मध्ये गोरखा अस्पतालमा कार्यरत २९ बर्षका १ जना डा. र एनएमबि बैंक गोरखा शाखामा कार्यरत ३३ बर्षका १ जना पुरुषलाई संक्रमण देखिएको छ । त्यस्तै गरी संक्रमण देखिएका गोरखा नगरपालिका ६ का ३८ बर्षका पुरुष र गोरखा नगरपालिका ८ का ५५ बर्षका पुरुष भएको खुल्न आएको छ ।
संक्रमित सबैको गोरखा अस्पतालमा स्वाब संकलन गरी काठमाण्डौं पठाईएको भएता पनि त्यहाँ स्वाब परिक्षण नभए पछि पोखरामा गरिएको स्वाब परिक्षणमा पोजेटिभ देखिएको हो ।
यो सहित गोरखामा संक्रमितहरुको संख्या ५१९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ११६ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।




















