गोरखा – गोरखा ट्राफिकले ‘चालक संग १ मिनेट’ अभियान सुरु गरेको छ ।
सवारी चालक र ट्राफिक प्रहरी बिच दुरी बढेको भन्दै कार्यालयले अभियान सुरु गरेको हो । यो अभियान आउदो १ महिला सम्म जारी रहने कार्यालयले जनाएको छ ।
अभियान अन्तरर्गत सवारी चालकलाई ट्राफिक प्रहरीले १ मिनेट भित्रै सवारी चालक अनुमती पत्र, सवारीको अन्य कागजात, चालकले मास्क प्रयोग गरे नगरेको तथा सवारी भित्र स्वास्थ्य मापदण्ड प्रयोग भए नभएको कुरा हेर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।
अभियानले दुरर्घटना न्यूनिकरण समेत सहयोगी भूमिका निर्वाह गर्ने र यो अभियान जिल्ला भरी नै सञ्चालनमा ल्याउने तयारी भई रहेको कार्यालयले जनाएको छ ।






