गोरखा – जिल्लामा नोबल कोरोना भाइरस (कोभिड–१९)का संक्रमितहरुको संख्या ५ सय नाघेको छ ।
सनिबार एकै दिनमा ३ स्थानिय तहका ३१ जनामा संक्रमण पुष्टी भए संगै जिल्लामा संक्रमितहरुको संख्या ५१५ पुगेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
जिल्लामा पहिलो कोरोना संक्रमण ०७७ जेष्ठ २५ गते देखिएको थियो । पहिलो दिन गोरखामा १० जनामा संक्रमण पुष्टी भएका मध्ये गण्डकी गाउँपालिकाका ९ जना र जिल्ला प्रहरी कार्यालय गोरखामा जबरजस्ती करणी मुद्वामा आरोपीत थुनुवा १ जना रहेका थिए । पछिल्लो ५ महिनामा गोरखा जिल्लाको विभिन्न स्थानिय ५१५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
संक्रमण बढे संगै कार्यालयले संक्रमितको सम्र्पकमा रहेकाहरुको स्वाब लिने कामलाई पनि तिब्रता दिएको छ । कार्यालयको पछिल्लो रेकर्ड अनुसार हिजो (सनिबार) सम्ममा जिल्लाभरबाट कुल ९ हजार ८०८ जनाको स्वाब संकलन गरि सकेको छ । जस मध्ये संस्थागत आइसोलेसनमा रहेका ४२२ जना र होम आइसोलेसनमा रहेका २७९ जना रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार स्वास्थ्य कार्यालय मार्फत संकलन गरि स्वाब परिक्षण गराएका ५१५ जना, जिल्ला भन्दा बाहिरबाट स्वाब परिक्षण भई पोजेटिभ देखिएका ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लामा हाल सम्म कोरोना संक्रमण पुष्टी भएर १÷१ जना पुरुष र महिलाले ज्यान गुमाई सकेका छन् भने जिल्ला बाहिर हिजो (सनिबार) सम्म ६ जनाले ज्यान गुमाएको सूचना अधिकारी न्यौपानेले बताए ।
कार्यालयको रेकर्ड अनुसार आज सम्म जिल्लामा ११२ जना सक्रिय संक्रमित रहेका छन् भने १९२ जनाको स्वाबको रिर्पोट आउन बाँकी छ ।


