गोरखा – बलात्कार र महिला हिंसाका विरुद्ध गोरखामा युवतीहरुको एक समूहले प्रदर्शन गरेका छन् ।
‘अझै कती सहने अभियान’ अन्तरर्गत गोरखाका यूवतीहरुले कालो लुगा, कालो पट्टी र कालै मास्क लगाएर गोरखा बजारमा बिरोध जनाएका हुन् ।
सो समूहले गोरखा बजारको लोकतान्त्रिक चोकमा प्रर्दशन गरेका थिए । हाम्रो अभियान ‘बलात्कार विरुद्ध हो’ बिरोध प्रदर्शनको अगुवाई गरेकी सुमित्रा मग्रातीले भनिन् । ‘केही महिना यता दिनदिनै बलात्कारको घटना बढेको छ, यसको अन्त्य गर्न देश ब्यापी रुपमा हामी चरणबद्ध आन्दोलन र बिरोधका कार्यक्रम थालेका हौ’ उनले भनिन् ।
घर भित्रै पनि होशियार, बलात्कारको लिंग हुँदैन, हामी चुप कहिले सम्म, अझै कति सहने जस्ता प्ले कार्ड लिएर युवतीहरुले प्रर्दशन गरेका थिए । प्रर्दशनमा ‘त बलात्कारी’ भन्ने गितमा समेत प्रर्दशन गरेका थिए ।
युवतीहरुको उत्त समूहले बलात्कार बिरुद्वको कानुनलाई अझै कडा बनाउनुपर्ने, बलात्कार भएमा निवदेन दिने हद म्याद थप गर्नुपर्ने लगाएतका मागहरु राखेका थिए ।







