गाेरखा – धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ ।
राजधानीको किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्माको आज बिहान निधन भएको हो ।
७९ वर्षका बर्मामा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए ।
कोरोना सङ्क्रमणलाई जितेका बर्र्मा नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति हुन् । बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत भई सकेका छन् ।
गोरखाको कट्टेलडाडाँ पुर्ख्यौली थलो भएर धादिङलाई कर्मथलो बनाएका बर्माको आजै पशुपति आर्यघाट अन्त्येष्टि गर्ने तयारी भएको पारिवारीक श्रोतले जनाएको छ ।
नेपाली पत्रकारीता क्षेत्रमा पुरयाएको योगदान प्रति गोरखा समाचार अनलाईन परिवार वहाँ प्रति सम्मान गर्दै हार्दिक श्रद्वासुमन ब्यत्त गर्दछ ।


