काठमाण्डौं – नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा केन्द्रीय सदस्य पाण्डेमा संक्रमण पुष्टि भएको हो ।
केन्द्रीय सदस्यहरु पाण्डे संगै श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिर सिद्धिकी र कृष्ण किसोर घिमिरेमा संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।




















