गोरखा – जिल्लाको आरुघाट गाउँपालिकाकी १ जना महिलालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
आरुघाट गाउँपालिका ४ थुमीकी २६ बर्षिया महिलामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमित महिला चितवन मेडिकल कलेजमा उपचारका क्रममा फिभर क्लिनीकमा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।





















