गोरखा – जिल्लाको ३ स्थानिय तहमा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टी भएकोे छ ।
गोरखा र पालुङटार नगरपालिका तथा शहिद लखन गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले जारी गरेको सूचनामा गोरखा नगरपालिका ९ का २८ बर्षका १ जना पुरुष, पालुङटार नगरपालिका ७ का ३० बर्षका १ जना पुरुष र ८ का ४७ बर्षका १ जना पुरुषका साथै शहिद लखनका गाउँपालिका ३ का ३७ बर्षका १ जना पुरुषमा संक्रमण पुष्टी देखिएको छ ।
संक्रमण देखिएका सवै चितवन मेडिकल कलेजमा उपचाररका क्रममा जादा फिभर क्लिनिकबाट लिएको स्वाबमा पोजेटिभ देखिएको हो ।



