गोरखा – गोरखाको ३ स्थानिय तहमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निदेशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले सूचना जारी गर्दै भीमसेन थापा गाउँपालिका ३ का ४६ बर्षका पुरुष, गोरखा नगरपालिका ९ का ६२ बर्षिया महिला र पालुङटार नगरपालिका २ को २७ बर्षिया महिलामा संक्रमण देखिएको छ ।
संक्रमित सबै जना चितवन मेडिकल कलेजमा उपचारका क्रममा फिभर क्लिनीकमा स्वाब परिक्षण गराउदा पोजेटिभ देखिएको हो ।



