गोरखा – गोरखामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी हुनेमा जिल्ला मालपोत कार्यालय गोरखामा कार्यरत महिला कर्मचारी सहित ४ स्थानिय तहका १० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये सहिद लखन गाउँपालिका घर भई मालपोत कार्यालय गोरखामा कार्यरत १ जना महिला कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
न्यौपानेका अनुसार जिल्लाको पालुङटार नगरपालिकामा २ पुरुष र १ महिला सहित ३ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी भीमसेन थापा गाउँपालिकामा १ पुरुष र १ महिला गरी २ जनामा संक्रमण पुष्टी भएको छ ।
यता गोरखा नगरपालिकाको २ वटा वडामा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखा नगरपालिका १२ मा २ महिला र १ पुरुष तथा ११ नम्बर वडामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमण पुष्टी भएका मध्ये भीमसेन थापा गाउँपालिकामा बाहेक अन्य सबैको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलग गरिएको हो ।
यो सहित स्वास्थ्य कार्याल गोरखा जिल्लामा संक्रमितको संख्या ४८४ जना पुगेको छ भने जिल्ला बाहिर स्वाब संकलन भएका ५४ जनामा पनि संक्रमण देखिएको छ ।




















