गोरखा – जिल्लाको मनकामनामा बन्न लागेको स्वास्थ्य चौकीको लागि स्थायिनले ५ रोपनी जमिन निशुल्क रुपमा उपलब्ध गराएको छ ।
स्थानियले ४ जनाले स्वास्थ्य चौकीको लागि ५ रोपनी जमिन निशुल्क उपलब्ध गराएको शहिद लखन गाउँपालिकाको कार्यालयले जनाएको हो ।
शहिद लखन गाउँपालिका ३ को सिलिङ (लामाछाप)मा रहेको स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानिय मैया श्रेष्ठ, दिर्घमान श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ र तिलमान श्रेष्ठले ५ रोपनी जमिन निशुल्क रुपमा उपलब्ध गराएका गाउँपालिकाका प्रशासकिय अधिकृत जिवन आलेले जानकारी दिए ।
कच्ची सडकले छोएको उत्त जमिनको अहिलेको मुल्य २५ लाख भन्दा माथि रहेको स्थानिय कृण्णमान श्रेष्ठले बताए ।
पुनःनिर्माण प्राधिकरण मार्फत निर्माण हुन लागेको स्वास्थ्य चौकीका लागि बजेट बिनियोजन भई सकेको गाउँपालिकाले जनाएको छ ।
साँकेतिक तस्बिर


