काठमाण्डौं – गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ । यस गीतलाई शैलेन्द्र एम प्रधानले संगीत संयोजन गरेका हुन् ।
कालिनचोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ । यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । अनिल के मानन्धरको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो । गायक कडेलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कडेलले यसअघि ६ बढी म्युजिक भिडियो र ुपरिक्षाु नामक एल्वम सार्वजनिक गरिसकेकाछन् । गायक कडेलले यस गीतलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।


