गोरखा – गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित हिजो थप ३३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई दम्पती सहित ५ स्थानीय तहका ३३ जनामा कोरोना संक्रमित देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
संक्रमण पुष्टी भएपछि प्रमुख जिल्ला अधिकारी भट्टराई दम्पती होम आइसोलेसनमा रहेको भट्टराईले बताए ।
संक्रमण पुष्टी भएको गोरखा नगरपालिकामा १० जना, पालुङटार नगरपालिकामा ८ जना, शहिद लखन गाउँपालिकामा ४ जना, आरुघाट गाउँपालिकामा १ जना, अजिरकोट गाउँपालिकामा ७ जना, आँपपिपल अस्पतालमा उपचारका लागि पुगेका १ जना रहेका छन् ।
संक्रमण देखिका हरुमा गोरखा नगरपालिका वडा नम्बर ४ मा बर्ष २७ का एक पुरुष, बर्ष ३१ का एक महिला, वडा नम्बर ९ मा ५१, २४ र १६ बर्षका गरि ३ जना पुरुष, २६, २५, र ९ बर्षका गरि ३ जना महिलामा संक्रमणको देखिएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै गोरखा नगरपालिकाको वडा नम्बर १० मा ५६ र ३२ बर्षका २ जनामा पुरुषमा पनि संक्रमण देखिएको छ ।
पालुङटार नगरपालिका वडा नम्बर १ मा ४० र २३ बर्षका २ जना महिला, वडा नम्बर २ मा ५५, २८ र २६ बर्षका ३ जना पुरुष, वडा नम्बर ५ मा २५ र ५५ बर्षका २ जना पुरुषमा संक्रमण देखिएको छ ।
शहिद लखन गाउँपालिका वडा नम्बर २ मा ३० र २४ बर्षका २ महिला, वडा नम्बर ३ मा ५१ बर्षका १ जना पुरुष, वडा नम्बर ६ मा २० बर्षका १ जना पुरुषमा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ मा ३० बर्षकी १ जना महिला, वडा नम्बर २ मा २८ बर्षका १ जना महिला, वडा नम्बर ४ मा १३, ४२, २३, १८ र १९ बर्षका ५ जना पुरुषमा संक्रमण देखिएको छ ।
उता जिल्लाको आरुघाट गाउँपालिकामा ३९ बर्षका १ जना महिलामा पनि कोरोना संक्रमणको पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले हिजो जारी गरेको पहिलो बिज्ञप्तीमा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा ४० बर्षकी १ जना महिलामा पनि कोरोना पुष्टी भएको जनाएको छ । उनको पोखरा स्थित लाईफकेयर एण्ड डाइग्नेष्टिक प्रा.लि पोखरामा स्वाब परीक्षणको भएको थियो ।


