×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बायोपिक विवादबारे मुरलीधरनले मुख खोले : फिल्म रोकिँदैन

  •  गोरखा समाचार
  • सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    श्रीलंकाका क्रिकेट लिजेन्ड मुथैया मुरलीधरनमाथि बन्न लागेको एउटा ‘बायोपिक’ को दक्षिण भारतमा तीव्र विरोध भइरहेको छ । विरोधकै बीच मुख्य भुमिकाका लागि अनुवन्धित दक्षिण भारतीय कलाकार विजय सेतुपति फिल्मबाट निकालिएका छन् ।

    टेस्ट म्याचमा सर्वाधिक ८०० विकेटको विश्वकिर्तिमान राखेका मुरलीधरणको खेल जीवनलाई केन्द्रित गर्दै बायोपिक निर्माण हुन लागेको हो । यो चलचित्रको नाम नै ‘८००’ राखिएको छ । चलचित्रको सुटिङ भने सुरु भइसकेको छैन । मुरलीधरनको भूमिका निर्वाह गर्न भारतीय कलाकार सेतुपतिलाई अनुवन्ध गरिएको थियो । तर, उनी निकालिएपछि अर्को कलाकारको खोजी भइरहेको छ ।

    मुरलीधरनको राजनीतिक पक्षधरतामाथि प्रश्न उठाउँदै दक्षिण भारतका तामिलहरुले चलचित्रको विरोध गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमा #ShameOnVijaySethupathi ह्यासट्याग चलाएका थिए । मुरलीधरनलाई ‘तामिलविरोधी’ भन्दै उनको बायोपिकमा नखेल्न भारतीय तामिलहरुले सेतुपतिलाई दवाव दिएका थिए ।

    मुरलीधरन स्वयम् अल्पसंख्यक तामिल समुदायका व्यक्ति हुन् । निकै संघर्ष गरेर उनले श्रीलंकाको राष्ट्रिय क्रिकेट टिममा आफ्नो स्थान बनाएका थिए । उनी श्रीलंकाका मात्रै नभएर विश्व क्रिकेटकै सर्वकालिन महान क्रिकेटरको सुचीमा पर्छन् । केही वर्षअघि उनले खेलबाट सन्न्यास लिएका थिए । १९ वर्षसम्म अनवरत श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका मुथैयाले सन् २०११ मा क्रिकेटबाट सन्न्यास लिएका हुन् । उनी अहिले क्रिकेट प्रशिक्षकको भूमिकामा छन् ।

    यीनै प्रेरणादायी क्रिकेटरको खेल जीवनमाथि बायोपिक बनाउन लागिएको हो । फिल्मका प्रोड्यूसरले यस फिल्मलाई ‘खेलमाथि बनाइएको बायोग्राफी’ संज्ञा दिएका छन् र यसले यसवाहरुलाई उत्प्रेरित गर्ने बताएका छन् । तर, आलोचकहरुले चाहिँ मुरलिधरणलाई एक विवादित व्यक्तिका रुपमा चित्रित गर्दै उनलाई आदर्श पात्रका रुपमा पेश गर्न नहुने अडान लिएका छन् ।

    के तामिलविरोधी हुन् मुरलीधरन ?

    श्रीलंकामा लामो समयसम्म तामिल पृथकतावादीहरुले हिंसात्मक आन्दोलन गरेका थिए । तामिल पृथकतावादी र सुरक्षाबलबीचको हिंस्रक संघर्ष गृहयुद्धमा परिणत भएको थियो र ठूलो संख्यामा जनधनको क्षति भएको थियो । सन् २००९ मा तमिलहरु पूर्णरुपमा पराजित भएर गृहयुद्ध अन्त्य भएको थियो ।

    गत वर्ष श्रीलंकामा राष्ट्रपति चुनावका बेला एक विशेष समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा मुरलीधरनले सन् २००९ मा श्रीलंकाको गृहयुद्ध अन्त्य भएको विषयमा खुशी मनाएका थिए र गोटाभाया राजपक्षेको उम्मेदवारीलाई समर्थन जनाएका थिए । राजापाक्षे तीनै पात्र हुन् जो गृहयुद्धका दौरान सरकारी सेनाले तामिलहरुमाथि कठोर कारवाही चलाउँदा श्रीलंकाका रक्षामन्त्री थिए ।

    चुनावी समारोहमा मुरलीधरनले भनेका थिए, ‘मेरो जीवनको सबैभन्दा खुशीको दिन सन् २००९ मा आयो जब देशको अगाडि कुनै पनि त्राश बाँकी थिएन ।’

    एक अनुमान मुताबिक श्रीलंकाको गृहयुद्धका पछिल्ला दिनहरुमा मात्रै ४० हजार तामिलहरु मारिएका थिए । भारतको तमिलनाडु राज्यका मानिसहरु श्रीलंकाका अल्पसंख्यक तामिलहरुकै वंशज हुन् । त्यसैले श्रीलंकाली तामिलहरुको मुद्दामा उनीहरु संवेदनशील हुन्छन् ।

    चेन्नईमा काम गर्ने युवा अभियन्ता वी प्रभा भन्छिन्, ‘मुरलीधरन जरुर तमिल हुन् तर उनी तमिलको जस्तो व्यवहार गर्दैनन् । हामी चाहँदैनौ. कि उनी कुनै पनि रुपमा तमिलनाडुमा प्रवेश गरुन् । चाहे फिल्ममार्फत वा व्यक्तिगत तवरले ।’

    श्रीलंकाको गृहयुद्धका दौरान मुरलीधरणले कैयन गलत काम गरेको उनको आरोप छ । त्यसैले तामिल समुदायमा उनलाई ‘हिरो’ को रुपमा प्रस्तुत गर्न नहुने उनले तर्क गरिन् ।

    मुरलीधरन भन्छन्ः फिल्म रोकिदैन

    बायोपिकमाथि जारी विवादलाई लिएर मुरलीधरनले पनि मुख खोलेका छन् । उनले आफूमाथि बन्न लागेको बायोपिक कसैको विरोधले नरोकिने बताए ।

    ४८ वर्षिय पूर्वक्रिकेटरले बीबीसीसँग भने, ‘मैले आफ्नो जीवनमा कैयौं विवादहरुको सामना गरेको छु । क्रिकेटमा मात्र होइन, अरु पनि थुप्रै विवाद झेलेको छु । यो विवाद पनि तिनैमध्येको एउटा हो ।’

    आफूले गत वर्ष बोलेका कुराहरुलाई तोडमोड गरेर दुष्प्रचार गरिएको उनको प्रत्यारोप छ । हाल आइपीएलका लागि दुबईमा रहेका मुरलीधरनले भने, ‘मैले भनेको यति हो कि २००९ सालपछि देशमा शान्तिको बहाल भयो । जुन दिन युद्ध अन्त्य भयो, त्यो मेरो लागि सबैभन्दा खुशीको दिन थियो । मैले तामिल मानिसहरुको मृत्यूको खुशी मनाएको होइन ।’

    गृहयुद्धमा आफूले कसैको पनि पक्ष नलिएको उनी बताउँछन् ।

    ‘न मैले राजापाक्षेको पक्ष लिएको थिएँ, न युद्धरत समुहको । मैले त बीचको बाटो रोजेँ । भारतमा बस्नेहरुलाई के थाहा श्रीलंकामा के भइरहेको छ भन्ने ?’

    उनले आफ्नो वास्तविक जीवनको कथा पर्दामा आउनुपर्ने र जसरी पनि आउने बताए ।

    मुरलीधरन भन्छन्, ‘यो फिल्म पक्कै बन्ने छ । यो केवल तमिलनाडुको कुरा होइन । यो फिल्मका निर्माता मुम्बईका हुन् र उनी अरु थुप्रै भाषामा यो फिल्म बनाउन चाहन्छन् । यसलाई तमिल, हिन्दी, बांग्ला, सिंहला, तेलुगू, मलयालम र अंग्रेजी सबटाइटल्समा समेत उपलब्ध गराइनेछ ।

    त्यसो त मुरलीधरनको तामिलनाडुसँग विशेष सम्वन्ध छ । उनकी पत्नी तामिलनाडुकै हुन् । उनले २००८ देखि २०१० सम्म आईपीएलमा चेन्नई सुपर किङ्सबाट खेलेका थिए ।

    वी प्रभा भन्छिन्, ‘सन् २०१० मा पनि तमिलनाडुका मानिसहरुलाई थाहा थियो कि श्रीलंकामा तमिलहरुमाथि के भयो । तर, उनीहरुले कहिले पनि ती घटनामा मुरलीधरनलाई जोडेनन् । तर, जब उनले श्रीलंकाको सरकारलाई खुलेर समर्थन गर्न थाले त्यसपछि हामीले पनि उनको विरुद्धमा अभियान सञ्चालन गर्यौं । सन् २०१३ सम्ममा हामीले उनी र अन्य श्रीलंकन खेलाडीहरुलाई आईपीएलमा प्रतिबन्धित गर्न सफल भयौं ।’

    श्रीलंकामा तामिलहरुको मानवअधिकार उल्लंघन भएको भन्दै सन् २०१३ मा तमिलनाडु सरकारले श्रीलंकन खेलाडीहरुलाई आईपीएलमा सहभागी हुन रोक लगाएको थियो ।

    चेन्नईमा बस्ने पत्रकार कविता मुरलीधरनको भनाइमा फिल्मको यति सारो विरोध हुनुको मुख्य कारण भारतीय कलाकार विजय सेतुपति नै हुन् ।

    उनी भन्छिन्, ‘विजयलाई एक प्रगतिशील कलाकारको रुपमा हेर्ने गरिएको छ । सामाजिक मुद्दाहरुमा उनी निकै मुखर बन्ने गरेका छन् । यस्तोमा धेरै मानिसहरुले उनलाई मुथैया मुरलीधरनको भूमिकामा देख्न चाहेनन् ।’

    तामिलनाडु र फिल्मको सम्वन्ध

    तामिलनाडुका मानिसहरुले फिल्मलाई निकै गम्भिरताका साथ लिने गर्छन् । तामिल सिनेमा र राजनीतिबीच गहिरो सम्वन्ध छ । यस राज्यका थुप्रै मुख्यमन्त्रीहरु सिनेमा जगतसँग जोडिएका छन् । सिनेमामा ठूलो नाम बनाएका हस्तिहरु प्रदेशका मुख्यमन्त्री बनेका छन् । यस्तो माहोलमा सहकर्मी कलाकार र नेताहरुबाट पनि विजय सेतुपतिलाई मुरलिधरनको बायोपिकमा काम नगर्न दवाव परेको थियो ।

    यसरी विवाद उब्जेपछि स्वयम् मुरलीधरनले हस्तक्षेप गरेर विजयलाई फिल्म छोड्न भनेका थिए ।

    उनी भन्छन्, ‘यो फिल्मले गर्दा सेतुपतिले किन अनावश्यक तनाव व्यहोर्नु ? मेरो कारण किन उनले समस्या भोगुन् ? यो मेरो लडाईं हो, उनको होइन । यो लड्ने जिम्मेवारी पनि मेरो हो ।’

    उता श्रीलंकामा भने मुरलीधरनलाई ‘राष्ट्रिय हिरो’ का रुपमा नै हेर्ने गरिन्छ । उनको बायोपिकलाई लिएर तामिलनाडुमा जस्तो कडा विरोध श्रीलंकामा छैन ।

    कोलकत्तामा बस्ने श्रलंकन क्रिकेट लेखक एन्ड्र्यू फिडेल फर्नान्डो भन्छन्, ‘म उनको बारेमा बनेको फिल्म हेर्न आतुर छु । यसकारण मात्रै होइन, कि उनी एक महान खेलाडी हुन् । यसकारण पनि कि उनको जटिल व्यक्तित्वलाई म बुझ्न चाहन्छु ।’

    फिल्मलाई लिएर भारतमा उत्पन्न प्रतिक्रियाले आफूलाई आश्चर्य लागेको उनी बताउँछन् । फिल्म कस्तो छ भन्ने नै थाहा नपाइकन विरोध गर्नुको कुनै तुक नहुने उनको भनाइ छ ।

    श्रीलंकामा रहेका तमिल समुदायका केही मानिसहरु, जसले युद्धमा आफ्नो परिवारका सदस्य गुमाएका थिए, भने यो फिल्म स्थगित गर्नुपर्ने पक्षमा छन् ।

    यस्ता परिवारहरुका लागि काम गरिरहेको समुहका प्रतिनिधि गोपालकृष्णन राजकुमारले भने, ‘उनी एक तमिल हुन्, तर उनले श्रीलंकाका तमिलहरुको अधिकारको लडाईंमा कहिल्यै साथ दिएनन् ।’

    यो फिल्मको निर्माता डार मोसन पिक्चर्स र मुभी ट्रेन मोसन पिक्चर्स हो, जसले बलिउडमा कयौं ठूलो फिल्महरु बनाइसकेको छ । अर्को वर्षबाट फिल्मको सुट्रि सुरु गर्ने उसको योजना छ । तर, अब मुख्य भूमिकाको लागि नयाँ पात्रको खोजी गर्नुपर्ने भएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.