×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘छक्का पन्जा’ टिमबाट बाहिरिएका हुन् जितु ?

  •  गोरखा समाचार
  • आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिइन् । दीपाश्रीले नायक राजेश हमालको बिषयमा दिएको एक अभिव्यक्तिपछि उत्पन्न विवादसँगै उनी शोबाट बारिएकी थिइन् । उनी शोबाट बाहिरिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको रुपमा शोमा भित्रिएकी छिन् ।

    दीपाश्री जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएसँगै चलचित्र बजारमा ‘छक्का पन्जा’ टिमबाट जितु नेपाल पनि बाहिरिएको चर्चा सुरु भएको छ ।

    ‘मुन्द्रेको कमेडी क्लब’ नै मुख्य कारण
    उसो त, ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री बाहिरिनुको कारण संचालक जितु नेपालले विज्ञापनदाता र निर्माण कम्पनीलाई देखाएका थिए । जितुले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए–‘विवादपछि विज्ञापनदाताले समस्या उत्पन्न भएको बताएपछि निर्माण कम्पनीले यो बिषयमा कुरा गरेको थियो । दिपाजीले पनि यो कुरालाई सहर्ष स्विकार गर्नुभयो ।’

    जितुले विज्ञापनदाता र निर्माण कम्पनीको असन्तुष्टीका कारण दीपाश्री शोबाट बाहिरिएको बताएपनि ‘छक्का पन्जा’ टिमलाई भने उनकै कारण दीपाश्री बाहिरिएको भन्ने परेको छ । श्रोतले अनलाइनखबरसँग भन्यो–‘विज्ञापनदाता र निर्माण कम्पनीको भन्दा पनि जितु नै राजेश हमाल विवादपछि दीपाश्रीलाई राखेर शोमाथि जोखिम मोल्न नचाहेको भन्ने वुझाई ‘छक्का पन्जा’ टिमको छ । अहिले टिमबाट जितु अलग हुनुको कारणको सुरुवात पनि यही नै हो ।’

    जितुको स्विकार
    यो बिषयमा अनलाइनखबरसँग कुरा गर्दै जितुले भने–‘मैले पनि टिम टुटेको भन्ने खबर समाचार आएपछि मात्र थाहा पाएँ । हाम्रो टिम टुटेको छैन । मेरो सबैसँग सम्बन्ध राम्रो छ । एउटा कुरा के हो भने, अहिले हाम्रो कम्यूनिकेशन टुटेको भने छ । दीपाश्री दिदीसँग मेरो च्याटमा कुरा हुन्छ । एक दुइवटा चलचित्रमा जितु नेपाल भएन भने पनि सम्बन्ध टुटेको भन्न मिल्दैन । हरेक चलचित्रमा म हुनैपर्छ भन्ने पनि छैन ।’

    जितुले आफूले दीपाश्री नराख्ने भए कार्यक्रम नै चलाउँदिन भनेर अडान राख्न नसकेको स्विकार गरे । उनले भने–‘म खुलेर यो कुरा स्विकार गर्न सक्छु कि, मैले दीपा दिदीबिना कार्यक्रम चलाउँदिन भनेर कार्यक्रमको निर्माण कम्पनीसँग अडान नराखेकै हो । तर, मलाई टिमबाट निकालेको भन्ने कुरा दिपकराज गिरी दाइको मुखबाट नसुनेसम्म मलाई विश्वास लाग्दैन ।’

    ठूलो बन्दै ‘छक्का पन्जा’ टिम
    जितु नेपाल बाहिरिएको बिषयमा यो टिमका सदस्य दिपकराज गिरीले केही पनि बताएनन् । उनले भने–‘जितु नेपालको शो पूर्ननिर्माण हुन सक्छ भने, छक्का पन्जा टिम पनि पूर्ननिर्माण हुन सक्छ ।’

    दिपकका अनुसार, यो टिममा शिवहरि पौडेल, विल्सन विक्रम राइको प्रवेश भएको छ । उसो त, यो टिमसँग केही चलचित्रमा शिवहरि र विल्सनले काम गरिसकेका छन् । किरण केसी, निर्मल शर्मा पनि यो टिमसँग मिलेर अगाडि बढ्ने तयारीमा छन् । यसरी हेर्दा, ‘छक्का पन्जा’ टिमलाई झनै बलियो र ठूलो बनाउने तयारी दिपकराज र दीपाश्रीको छ ।

    जितु नेपाल र दिपकराज गिरीले यो बिषयमा खुलेरै कुरा गर्न नचाहेपनि ‘मुन्द्रेको कमेडी क्लब’पछि उत्पन्न विवादले दिपक–दीपा र जितु नेपालविच सम्बन्ध भने चिसिएको वुझ्न सकिन्छ । जितुले संचालन गर्दै आएको शो केदार घिमिरेले संचालन गरेको ‘आमा अग्नी कुमारी मिडिया’ नामक युटुब च्यानलबाट अपलोड हुँदै आएको थियो । अहिले जितुले आफ्नै युटुब च्यानल संचालन गरेर शो अपलोड गर्न थालेका छन् ।

    जितुले यो बिषयमा भने–‘मलाई कि एड्भरटाइजिङले युटुबको हकमा कि तपाई आफ्नै च्यानलबाट अपलोड गर्नुहोस् कि हामी अपलोड गर्छौ भनेपछि मैले आफ्नै च्यानल खोलेर अपलोड गर्न थालेको हुँ । मेरो र केदार घिमिरेविच पनि कुनै खालको सम्बन्ध विग्रिएको छैन ।’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.