गोरखा – गोरखाका २ जना सञ्चारकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी भएकाहरुमा कान्तिपुर टेलिभिजनमा कार्यरत भिमलाल श्रेष्ठ र उनका धर्मपत्नी गोरखाखबर डटकमका सञ्चालक रेणु श्रेष्ठ हुन् ।
श्रेष्ठ दम्पतीले आफुलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । केही दिन अगाडी जरो आएका दुवै जनाले गोरखा अस्पतालमा स्वाब संकलन गराएका थिए ।
स्वाबको परिक्षणमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पनि पुष्टी गरेको छ ।
सञ्चारकर्मी दम्पतीले यस बिचमा हामी संग सम्पर्कमा आउनु भएका कोही महानुभाव हुनुहुन्छ भने पिसिआर परिक्षण गराउन समेत अनुरोध गरेका छन् ।
दुवै जना साता दिन अगाडी देखी नै होम आइसोलेनमा रहदा आएका छन् ।



