गोरखा – गोरखा नारेश्वरकी एक महिलाले आफ्नो चौरासीको उपलब्यमा स्थानिय बिद्यालयलाई ३० हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
गोरखा नगरपालिका ३ नारेश्वर निवासी स्व.पदमबहादुर थापाका धर्म पत्नी तिलकुमारी थापाले बिध्याबासिनी माध्यामिक बिद्यालयलाई अक्षय कोषमा रहने गरी ३० हजार १ रुपैयाँ उपलब्ध गराएकी हुन् ।
तिलकुमारीले आफ्ना स्वर्गित पतिले स्थापना गरेको १ लाख ११ हजारको अक्षयकोषमा नै जम्मा हुने गरी उत्त रकम थप गरिदिएको उनका जेष्ठ सुपुत्र प्रेमबहादुर थापाले जानकारी दिए । ‘हिजो र आज आमाको चौरासीको काम गरयौ । आमाले तुलादान दिने ईच्छा ब्यत्त गरे पछि आज तुलामा २७ हजार रुपैयाँ चढेको भएता पनि हामीले त्यो रकममा केही रकम थप गरेर स्कुललाई हस्तान्तरण गरेका हौ’ थापाले भने ।
तिलकुमारीका पतिको नाम यस अघि नै उत्त स्कुलमा अक्षयकोष स्थापना भई सकेको उनका पुत्रहरुले बताए । अहिले स्कुललाई हस्तान्तरण गरिएको रकम पनि प्रेम, गणेश, सुरेश, बल र राजेश थापाले आमाको नाममा स्कुलमा पैसा जम्मा गरिदिएका हुन् ।
अक्षय कोषमा आगामी बर्षहरुमा पनि रकम थप गर्दैैै लैजाने योजना रहेको उनका पुत्रहरुले आमा चौरासीमा सबैलाई जानकारी गराएका थिए ।


