सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने फिल्म ‘चिलगाडी’ को प्रदर्शन मिति समेत तोकिएको छ । निर्माता रघुनाथ सापकोटाले चिलगाडी आउँदो सालको दशैंमा प्रदर्शन हुने जानकारी गराएका छन् । सापकोटा सञ्चार क्षेत्र हुँदै फिल्म निर्माणमा प्रवेश गरेका हुन् ।
फिल्म ‘चिलगाडी’मा कलाकार नाजिर हुसेन मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । फिल्मका अन्य पात्र पक्का भैसकेका छैनन् । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्ने विषय उठान गर्नेछ ।
जनकदिप पराजुलीले निर्देशन गर्ने ‘चिलगाडी’को पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सागर प्रधानले छायाँकन गर्ने चिलगाडी को छायाँकन फागुनदेखि सुरु हुनेछ ।


