१६ वर्षीया आर्या श्रीवास्तवले आफ्नो अध्ययनसँगै अभिनय तथा मोडलिङमा करियर बनाउने निर्णय गरेको छिन् ।
मनोरञ्जन क्षेत्रमा करियर बनाउने तयारी गइरहेकी आर्या ले त्यसका लागि नृत्यको प्रशिक्षण लिइसकेकी छिन् ।
आर्याले नृत्य निर्देशक सन्दिप भुजेलसंग नृत्यको प्रशिक्षण लिइरहेकी छिन् ।
आर्याले म्युजिक भिडियोमार्फत अभिनयमा डेब्यु गर्ने निर्णय गरेकी छिन् ।
भविष्यमा सफल बिजनेस वुमन बन्ने लक्ष्य लिएकी आर्या मनोरञ्जन क्षेत्रलाई भने निरन्तरता दिइरहने पक्षमा छिन् ।
फुर्सदमा समेत नृत्यको अभ्यास गर्ने आर्याले नृत्यपरक भिडियोबाट डेब्यू गर्न चाहेको उल्लेख गरेकी छिन् ।


