गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको नयाँ गीत ‘ओक्कल दोक्कल’ को म्युजिक भिडियो युट्युबको १ नम्बर ट्रेन्डिङमा परेको छ। भिडियो सार्वनिक भएको छोटो समयमै नेपालमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको हो। समाचार तयार पार्दासम्म ९ लाख ४५ हजार बढी पटक भिडियो हेरिएको छ। यसरी लाखौँ दर्शक श्रोताहरुको माया बटुल्न सफल भएकोमा गायिका सहिमा श्रेष्ठ अहिले दङ्ग छिन।
नेपाल बाहेक विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायिका लकडाउनमा समेत दर्जनौ गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहिन्। दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका सहिमा र गायक सन्दिप न्यौपाने पछिल्लो समय चर्चामा रहेका छन्।
गायिका श्रेष्ठले यो फरक शैलीको गीत रहेको बताएकी छिन्। गायक सन्दिप न्यौपानेको शब्द तथा गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार पवन सुसलिङले छायांकन गरेका हुन् भने सरोज अधिकारीले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ।


