गोरखा – पालुङटार नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पालुङटार नगरपालिकाको २ वटा वडामा गरी ११ जना महिला पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले दिउसो १:०० बजे सूचना जारी गर्दै नगरपालिकाको २ र ८ मा गरी २ जनामा संक्रमण देखिएको छ । पालुङटार १ मा २५ बर्षिया महिला र ८ मा ७३ बर्षका पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमित दुवै जना चितवन स्थित बि.पी.कोइराला स्मृती अस्पताल चितवनको फिभर क्लिनीकमा स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएका हुन् ।


