किन विरोध भयो ?
“स्पोर्टस बायोग्राफी” भनिएता पनि राजनीतिक रूपमा विवादित व्यक्तिको प्रशंसा गर्न खोजिएको हुन सक्ने अनुमान आलोचकहरूले गरेको हुनसक्ने बीबीसीले लेखेको छ । श्रीलंकामा लामो समय पृथकतावादी तमिल र बहुसङ्ख्यक सिन्हाला समुदायका सुरक्षा फौजबीच युद्ध चलेको थियो । युद्दमा ४०,००० जना सर्वसाधारण तमिलको मृत्यु भएको बताईन्छ ।
गत वर्षको राष्ट्रपतीय निर्वाचनमा मुरलीधरनले एकजना प्रतिस्पर्धी गोटाबय राजपक्षलाई समर्थन गरेका थिए । उनले आफुले सन् २००९ मा समाप्त भएको युद्धको खुसियालीमा समर्थन गरेको बताएका थिए । राजपक्ष उनै हुन् जो सरकारले तमिल पृथक्तावादी विद्रोहीहरूलाई सखाप पार्ने गरी चलाएको कारबाहीका बेला श्रीलंकाका रक्षामन्त्री थिए । तमिलनाडुमा विरोध हुनुको प्रमूख कारण यहि रहेको बताईएको छ ।
अहिले आईपीएलमा सनराइजर्स हैदराबादको बलिङ्ग कोच रहेका मुरलीधरनले सन् २००८ देखि २०१० सम्म आईपीएल प्रतियोगितामा चेन्नई सुपर किङ्ग्सबाट खेलेका थिए । पछि उनलाई तमिलनाडुको उक्त टीमबाट प्रतिबन्ध लगाईयो । उनिसँगै अन्य श्रीलंकन खेलाडी पनि प्रतिबन्धमा परेका थिए । मुरलीधरनकी श्रीमती पनि तमिलनाडू कै हुन् ।
फिल्मलाई गम्भीर रुपमा लिने तमिलनाडूबासीले तमिल समुदायलाई तहसनहस पार्ने सरकारलाई मुरलीधरनले समर्थन गरेको भन्दै तमिलनाडू प्रवेश गर्न नदिने अभियान चलाएका छन् ।
यो फिल्ममा मुरलीधरनको भूमिकामा देखिन लागेका विजय सेतुपति पनि अप्ठेरोमा परेका छन् । प्राय: सामाजिक मुद्दामा बोल्दै आएका सेतुपतिको फोटो पोस्टरमा आएसँगै उनि पनि विवादमा तानिएका छन् । मुरलिधरनले भने यो मुद्दामा विजयलाई कुनै अप्ठेरो नपर्ने जनाएका छन् ।
टेस्ट क्रिकेटमा उनले ८०० विकेट हात पारेका कारण फिल्मको नाम पनि ‘८००’ राखिएको बताईएको छ ।


