गोरखा – जिल्लाको २ स्थानिय तहका २ जनामा आज कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका १\१ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयल पोखराले पुष्टी गरेको हो ।
निर्देशनालयका अनुसार सिरानचोक गाउँपालिकाका ४ का २१ बर्षका पुरुष र पालुङटार नगरपालिका ८ का ४६ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।
दुवै जना उपचारको क्रममा चितवन मेडिकल कलेज पुगेका बेला फिभर क्लिनीकमा लिईएको स्वाबमा संक्रमण देखिएको हो ।



