गोरखा – जिल्लाको भीमसेन थापा गाउँपालिकामा कार्यालय सिल गरिएको छ ।
कार्यालयमा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपछि गाउँपालिका कार्यालय सिल गरीएको हो
अत्यावश्यक बाहेका सवै सेवा बन्द गरेको छौ गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत भेषराज खनालले बताए । कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि थप संक्रमणको जोखिमलाई न्युनिकरण गर्न केही समयका लागि कार्यालयबाट प्रदान गरिदै आएका सेवाहरु बन्द गरिएको उनले जानकारी दिए ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका कार्यालयमा कात्तिक २ गतेदेखि ६ गतेसम्म प्रत्यक्ष सम्र्पकमा पुगेका नागरिकहरुलाई बिशेष सावधानी अपनाउन समेत अपिल गरिएको छ ।
गोरखा १३, कात्तिक । गोरखाको पालुङटार नगरपालिकाको बिभिन्न क्षेत्रमा आज प्रहरीले २२ सय भन्दा बढी गाँजाको बोट नष्ट गरेको छ । जिल्लाभर गाँजा फडानी कार्यालाई तिव्र पार्दै आएको प्रहरीले पालुङटार नगरपालिका वडा नम्बर ४ स्थित देवकोटा क्षेत्र र वडा नम्बर १० स्थित लकामकोट क्षेत्रमा गाँजा फडानी गरेको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीका प्रमुख प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभयो ।
स्थानीयबासी सहितको सहभागितामा गाँजा फडानी गरिएको उहाँको भनाई छ । ईलाका प्रहरी कार्यलय ठाँटिपोखरीमा प्रहरी निरीक्षक ढकाललको ढकालको नेतृत्वमा १० जना प्रहरी सहित जनप्रतिनिधी एवं स्थानीय समुदाय मिलेर देवकोट टोलमा रहेको करिब २ सय बोट गाँजा र लकामकोट क्षेत्रमा रहेको करिब २ हजार बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
कानुनले गाँजा खेतीलाई निषेध गरेको र गाँजाको खुलमखुल्ला सेवन गर्न रोक लगाएकाले प्रहरीले जिल्ला भित्र गाँजा बोट फडानी गर्ने कार्यालयलाई तिव्रता दिदै आएको छ । यद्देपी पछिल्लो समय संसदमा समेत गाँजा खेतीलाई व्यवसयिक रुपमा अगाडी बढाउन दिनुपर्ने माग उठ्न थालेको छ ।


