गोरखा – स्वास्थ्य कार्यालय गोरखाले आज गोरखामा ८ जनामा मात्र संक्रमण भएको जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले पटक पटक जारी गरेको सूचनामा गोरखा आज ११ जनामा संक्रमण पुष्टी भएको जनाएको हो ।
‘स्वास्थ्य कार्यालय गोरखाले निर्देशनालयले जिल्लाबाट पठाएको तथ्यांक राम्रो संग नहेर्दा पुराना बिरामीको पनि नयाँमा दर्ता भई आउदा संख्या हेरफेर भएको’ स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
न्यौपानेका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको सुचना अनुसार गोरखा नगरपालिकाको १ जना र पालुङटार नगरपालिकाको २ जना आइसोलेसनमा नै रहेको पोजेटिभ बिरामीको पुनः पोजेटिभ आएको हो ।
कार्यालयका अनुसार आज गोरखा नगरपालिकाका २ जना र आरुघाट र भीमसेन थापा गाउँपालिकाको ३/३ जना गरी कुल ८ जना मात्र संक्रमित थप भएको जनाएको छ ।
निर्देशनालयले यस अघि पनि पटक पटक गोरखाको बिवरणमाथी खेलबाड गरी सूचना प्रकाशन गर्दा कार्यालय समस्यामा पर्दै आएको छ ।
हेनुहोस निर्देशनालयको सूचना :























